विदेश

पाकिस्तानी प्रधानमन्त्रीको घोषणा- गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने 

पाकिस्तानी प्रधानमन्त्रीको घोषणा- गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने 

इस्लामावाद । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । 

 


पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, ‘चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।’ 

 


पाकिस्तानी प्रधानमन्त्रीले भने, ‘मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” उनले थपे, ‘यस उद्देश्यका लागि श्रृङ्खलावद्ध सहायक पहलहरू हुनेछन् ।’

 


इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उनले बताए। 

 


पाकिस्तानको आथिएक सर्वेक्षण २०१८ ले बीस करोड ७० लाख जम्मा जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ । 

 


पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गरे । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान् सरकारको रहेको छ । -एजेन्सी

प्रधानमन्त्री इमरान खान चिनियाँ नमूना

विशेष