News

अपहरण मुद्दाका मुख्य योजनाकार साधारण तारेखमा छुटे

अपहरण मुद्दाका मुख्य योजनाकार साधारण तारेखमा छुटे

काठमाडौं । युवती प्रयोग गरी व्यवसायीहरूलाई अपहरण गरेर पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन्।

 

 

सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो । सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले दुई वर्षअघि फिरौती लिएर छाडेको थियो ।

 

 

सो मुद्दामा पाँचजना यसअघि नै पक्राउ परेकोमा श्रेष्ठ भने फरार थिए । महानगरीय अपराध महाशाखाले उनलाई २६ भदौमा गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो ।

 

 

पक्राउ गर्दा उनी अपहरण मुद्दामा फरार अभियुक्त भएको खुल्यो । तर, अनुसन्धान प्रक्रियामै चलखेल गरी उनी छुटेका छन् । नयाँ पत्रिका दैनिकबाट

तारेख अपहरण मुद्दा

विशेष