News प्रदेश १

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना गम्भीर घाइते

झापा । जिल्लाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको र अन्य दुई गम्भीर घाइते भएका छन् । 

 

 

मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार भद्रपुर–४ स्थित झिलमिलीया पुल नजिक सोमबार बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । 

 

 

तीन जना सवार रहेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको उनले बताए ।

 

 

दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको भद्रपुरस्थित ओम साई पाथीभरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र गम्भीर घाइते भएका भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल दुर्घटना झापा

विशेष