मुख्य समाचार News फोटो

राष्ट्रपतिले मनाइन् छठ (फोटोफिचर)

राष्ट्रपतिले मनाइन् छठ (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले छठ पर्वको अवसरमा सूर्यलाई अर्घ दिइन् । मंगलबार अपरान्ह ३ः३६ बजे काठमाडौंस्थित कमलपोखरीमा राष्ट्रपति भण्डारीले पूजा अर्चना गरेकी हुन् । नेपाली कांग्रेसका सासंद गगन थापा  पनि कमलपोखरीमा छठको पूजा गर्न पुगेका थिए ।

 

सूर्य उपासनाको पर्व छठ तराई, पहाड र राजधानीमा पनि भक्तिभाव, भव्यता तथा हर्षोल्लासका साथ मनाइदै‌छ । तराईको साँस्कृतिक पर्वको रुपमा रहेको यो पर्व केही समययता आपसी सद्भाव अभिवृद्धिको सेतुको रुपमा स्थापित हुँदै गएको छ ।  

 

छठ पर्वका लागि भनेर मधेशका जिल्लाका घाट तथा जलासयहरु झकिझकाउ पारेर सजाईएका छन् । भक्तजनहरुले जलासयमा पुगेर सूर्यलाई अर्घ्य दिन्छन् । छठको पूजास्थल जलासयको किनारमा बनाइन्छ ।

 

मंगलबार परेको षष्ठी तिथिका दिन छठको मुख्य दिन हो । यस दिनलाई सँझिया घाट भनिन्छ । व्रतालुहरू नुहाइ धुवाइ चोखो वस्त्र लगाएर नदी, पोखरी, तलाउसहितका जलाशयमा तयार पारिएको छठीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

 

सूर्यअस्तपछि व्रतालुहरु छठको पारम्परिक गीत गाउँदै आआफ्नो घर फर्किन्छन् । बुधवार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछी छठ पर्व सकिन्छ ।

यसका लागि बिहान व्रतालुहरू फेरी पूजन सामग्रीसहित सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् । उनीहरूले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग प्रार्थना गर्छन् ।

कात्तिक शुक्ल पक्षको चौथी तिथिदेखि विधिवतरुपमा सुरू हुने छठ पूजा सप्तमीसम्म चार दिन मनाइन्छ । तीन दिनसम्म कठोर उपवास बसी मनाइने छठलाई तराइ मधेसका भोजपुरी र मैथीलीभाषीको महान् पर्व भनिए पनि पछिल्लो समय नेपालका पहाडी भेगमा पनि छठ पूजा मनाउन थालिएको छ ।

हिन्दुहरूको पर्व भनिएको भए पनि केही मुस्लिम धर्मावलम्बीले पनि छठीमाताको पूजा आराधना गरेको पाइन्छ ।

 

 

छठ पर्व राष्ट्रपती विद्यादेवि भण्डारी नेपाली कांग्रेसका सासंद गगन थापा

विशेष