News

ठगी गरेको आरोपमा सह–न्यायाधिवक्तामाथि मुद्दा दायर

ठगी गरेको आरोपमा सह–न्यायाधिवक्तामाथि मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय, कास्कीका सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

ठगी गरेको आरोप लागेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिदिने प्रलोभन देखाइ सहन्यायाधिवक्ता थापाले पाँच लाख घुस लिँदालिँदै पक्राउ परेका थिए । 

 

आयोगले बिगोबमोजिमको जरिवाना र कैद सजायको माग दाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा दायर सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा

विशेष