बसका कण्डक्टरले यात्रुको अण्डकोष टोके

बसका कण्डक्टरले यात्रुको अण्डकोष टोके

विराटनगर ।  मोरङको बेलबारीमा सार्वजनिक यातायातका कर्मचारीबाट १ सातामा दुई जना कुटिएका छन् । चर्चित गायक गंगा श्रेष्ठ ‘वरदान’ आइतबार कुटिएका छन् । केही दिन अघि बेलबारीकै व्यवसायी शान्तिराम लुइँटेल कुटिएका थिए ।

 

गायक वरदानको टाउकामा चोट लागको छ भने व्यवसायी लुइँटेलकोे हात तथा अण्डकोषमा चोट लागेको बताइएको छ । गाडी भाडाको विषयमा विवाद हुँदा कन्डक्टरले हातपात गर्दै लुइँटेलको अन्डकोषमा टोकी घाइते बनाएको जनाइएको छ । उजुरी नआएका कारण कार्वाही गर्न नसकिएको प्रहरीले जनाएको छ । उपचार गरिदिने भन्दै ती कन्डक्टरले माफी मागेपछि उनीहरूबीच मेलमिलाप भएको बुझिएको छ ।

 

पछिल्लो समय सार्वजनिक यातायातका साधनको अस्वस्थ प्रतिष्पर्धासँगै यात्रुहरूले कुटाइ नै खान थालेका छन् । सिसी क्यामराको निगरानी भएकै स्थानमा दैनिक सार्वजनिक सवारीका साधनका चालक कन्डक्टरलगायतका मजदुरले आक्रमण गर्नु लज्जास्पद भएको स्थानीयको भनाइ रहेको छ ।

 

लक्ष्मीमार्गबाट सिटी सफारीमा आएर बेलबारी बसपार्कबाट ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा कुटपिछ भएको वरदानले बताए । बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरी बसबाट धकेलेर खाते भन्दै हातपात गरेको वरदानले बताए ।

 

लालभित्ती पेट्रोलपम्प छेउमा आफूमाथि हातपात भएको उनले बताए । वरदानसँग भनाभन हुँदा आवेशमा आएर हातपात गरी गाडीका सहचालक र कन्डक्टरले धकेलेको उनले प्रहरीलाई बताएका छन् । मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले वरदानलाई कुटपिट गरेका थिए । बजारभित्रै सार्वजनिक यातायातका साधनमा भएको कुटपिटले दैनिक सुरक्षा व्यवस्था कमजोर हुँदै गएको स्थानीय प्रतापकुमार थापाले बताए । लुइँटेल तथा वरदानको स्थानीय मेडिकलमा उपचार भएको थियो ।

 

संम्बधित खबर

विशेष