News प्रदेश ४

नेकपा नेता गुरुङद्वारा पूर्वाधार विकासको ४ करोड बाँडफाँड

नेकपा नेता गुरुङद्वारा पूर्वाधार विकासको ४ करोड बाँडफाँड

लमजुङ ।  नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम बाँडफाँड गरेका छन् । उनले जिल्लालाई प्राप्त  चार करोड बजेट सबै क्षेत्रमा पुग्ने गरी बाँडफाँड गरेका हुन् ।

 

 

गुरुङका स्वकीय सचिव कमल खड्काका अनुसार सडक निर्माणमा २ करोड ६३ लाख, खेलमैदान निर्माणमा २९ लाख, भौतिक पूर्वाधारतर्फ (स्वास्थ्यचौकी र विद्यालय कम्पाउण्ड, आमा समूह भवन) निर्माणमा एक करोड चार लाख तथा स्थानीय प्रशासनिक खर्चमा चार लाख विनियोजन गरिएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन् । 

 

 

सांसद गुरुङको संयोजकत्वमा बसेको परामर्श समितिको बैठकको सुझावका आधारमा निर्देशक समितिको बैठकले बजेट बाँडफाँड गरेको हो ।

 

 

जिल्ला समन्वय समितिमा बसेको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, प्रदेशसभा सदस्य, गाउँपालिका र नगरपाकिलाकाका प्रमुखको सहभागिता रहेको थियो ।

 

 

सोही सुझावलाई आधार मान्दै बसेको निर्देशक समितिले बजेट बाँडफाँडको टुङ्गो लगाएको हो । निर्देशक समितिमा निर्वाचित सांसद संयोजक र जिल्ला समन्वय अधिकारी सदस्य रहने प्रावधान छ । 

लमजुङ नेपाल कम्प्युनिस्ट पार्टी देवप्रसाद गुरुङ पूर्वाधार विकास साझेदारी कार्यक्रम

विशेष