विदेश

मदिरा खाएर विमान चलाउने पाइलको अनुमतीपत्र रद्ध

मदिरा खाएर विमान चलाउने पाइलको अनुमतीपत्र रद्ध

नयाँदिल्ली । विमान चलाउने बेलामा मादक पदार्थ सेवन गरेको भेटिएपछि भारतका एक जना अनुभवी विमान चालकको अनुमतीपत्र रद्ध गरिएको छ । 


विमान चलाउनु अगाडी श्वास परिक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतीपत्र केही समयका लागि सोमबार रद्ध गरिएको अधिकारीहरुले जनाएका छन् । 


एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरबिन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाई छ । 


‘श्वास परिक्षण गर्दा उनले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियम अनुसार उहाँको चालक अनुमतीपत्र तत्कालदेखि लागुहुनेगरी तीन बर्षका लागि रद्ध गर्ने निर्णय भएको छ’ एक उच्च अधिकारीले बताए । 


विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो । सवै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा पनि १२ घण्टा भन्दा अगाडी मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ । 


विगत चार बर्षमा भारतका विभिन्न विमान सेवा प्रदायक कम्पनीका १५० भन्दा बढी विमान चालकहरु श्वास परीक्षणमा विफल भएपछि उनीहरूमाथि फरक फरक सजाय गरिएको छ । -एजेन्सी

मादक पदार्थ सेवन अनुमतीपत्र रद्ध

विशेष