News

‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसला नक्कली उत्पादन गर्नेहरु पक्राउ

‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसला नक्कली उत्पादन गर्नेहरु पक्राउ

काठमाडौं ।  बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् ।  वासु र ज्योति श्रीमान् रश्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् ।

 

उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए ।

 

ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 

कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

नयाँ पत्रिकाबाट । 

विशेष