News

प्रधानमन्त्रीले संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य गर्न आग्रह, चीन सरकार इच्छुक 

प्रधानमन्त्रीले संस्कृति र पर्यटन क्षेत्रमा सहकार्य गर्न आग्रह, चीन सरकार इच्छुक 

काठमाडौं । प्रधानमन्त्री केपी ओली र चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङसहितको प्रतिनिधिमण्डलसंग बुधबार बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले नेपालमा पर्यटनको सम्भावना अत्याधिक रहेको भन्दै दुई देशबीच यस क्षेत्रमा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

 

दुई राष्ट्रबीच भएको भेटमा पर्यटन र संस्कृतिको माध्यमबाट थप बलियो बनाउन सकिने उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संस्कृति र पर्यटन क्षेत्रमा लगानी गर्न चीनलाई आग्रह समेत गरेका छन् ।

 

भेटमा नेपाललाई हवाई रुट प्रदान गर्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिए ।चिनियाँ मन्त्री लुओले नेपालको संस्कृति र पर्यटनको विकासमा सहकार्य गर्न चीन सरकार इच्छुक रहेको जानकारी दिए ।

 

नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने र नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढाउन आवश्यक पहल गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री केपी ओली चीनका संस्कृति तथा पर्यटन मन्त्री लुओ सुगाङ

विशेष