अधिराजकुमार धीरेन्द्रलाई पत्नी सुम्पेर बढुवा हुँदा रहेछन् (भिडियोसहित)
प्रा.डा. सुरेन्द्र केसी नेपालआजका नियमित भिडियो स्तम्भकार हुनुहुन्छ । ‘इतिहास र अनुभूति’ नामक स्तम्भमार्फत उहाँले आफ्नो धारणा राख्दै आउनु भएको छ । यसपटक उहाँले पद प्राप्तिका लागि मानिसहरुले कतिसम्म तल्लो स्तरमा झरेका हुन्छन् भन्ने स्पष्ट पार्नु भएको छ । उहाँको धारणा निम्नानुसार रहेको छ :
नेता बिरामी भए कि राज्यकाे पैसा खर्च हुन्छ । नेता जति सबैलाई राज्यले नै बहन गर्नु पर्ने किन ? अरु पनि त बाँच्न योग्य मानिस होलान नी ? विदेशमा किन जानु पर्ने ? हाम्रै देशको अस्पताल र चिकित्कसहरुलाई दक्ष बनाउँ न । नेपालकै डाक्टरहरु विदेशमा नाम कमाउँछन् । राम्रो काम गर्छन् । तर यहि देशमा आइसकेपछि उसको प्रतिभा किन देश र जनताको पक्षमा प्रयोग गर्न सक्दैन । हाम्रो वीर अस्पताल वीर शमशेरको पालामा खुलेको हो । अहिलेसम्म वीर अस्पतालले राम्रो शाख आर्जन गर्न सकेको छैन । पहुँचवालाहरुको प्राथमिकतामा वीर अस्पताल पर्दैन ।
बेलायतमा निजी नै किन नहोस् कुनै उद्योग धराशयी हुन लाग्यो भने त्यो उद्योगको उत्पादन त्यहाँको महारानीले प्रयोग गरिदिने र प्रचारमा ल्याइदिने चलन रहेछ । मानौं कुनै ह्याट बनाउने उद्योग जीर्ण हुन लाग्यो भने त्यहाँको महारानीले लगाइदिन्छिन् । महारानीले लगाएको ह्याट अरुले पनि किन्छन् । तर नेपालमा त भएका उद्योग बन्द गराएर नेताहरुले विदेशी सामान, सेवा खरिद गर्दै आएका छन् ।
शिक्षा, स्वास्थ्य वर्गीय भइरहेको छ । नेताहरुले नेपालका अस्पताल नै टेक्दैनन् । आफ्ना छोराछोरीलाई पनि सरकारी विद्यालयमा भर्ना गरिदिँदैनन् । मन्त्री खाने बेलामा पनि यिनीहरु स्वास्थ्य र शिक्षा मन्त्रालय लिन नै खोज्दैनन् । कसरी हुन्छ गृह, अर्थ, परराष्ट्र लिने भनेर कोसिस गर्छन् ।
हाम्रो बेलामा नेताहरु सबैभन्दा असल र पवित्र मानिन्थे । नेतासँग हात मिलाएपछि सात दिनसम्म हातै नधुने हो कि जस्तो लाग्थ्यो । मेरो टोपी, ज्याकेट, स्वेटर त कति नेतालाई कति पटक दिएँ दिएँ हिसाब छैन । नेताहरु जनताका घर जान्थे । जनताकैमा खान्थे । नेताकालागि यति त गर्न पाइयो भन्ने लाग्थ्यो । अहिले नेता मेरो लागि सबैभन्दा निषेधयोग्य लाग्न थाल्यो ।
एक पटक भिम रावललाई शिक्षामन्त्रालय दिन खोजियो । उनी रिसाए । म शिक्षा लिने मान्छे हो ? भने । अनि प्रदीप नेपाललाई त्यो बहिष्कारमा परेको शिक्षा दिइयो । जबकि प्रदीप नेपाल भिम रावल भन्दा राम्रो नेता हुन् ।
यो क्रम चलिरहेको छ । सबैले छाडेपछि शिक्षा मन्त्रालय रेणु यादवले पाउने अवस्था भयो । रेणु जस्ती छिन् विश्वविद्यालयको भिसी पनि त्यस्तै नै हुने भयो । भिसी जस्तो हुन्छ, आर आर क्याम्पसको प्रमुख पनि त्यस्तै हुने भयो । यसरी एउटा चेन नै बिग्रिन्छ ।
शिक्षा र स्वास्थ्य उपहास जस्तो भयो । शिक्षा र स्वास्थ्यमा २० प्रतिशत छुट्याउनु पर्छ । नेपालमा त बजेट कम हुँदै गएको छ । निजीले स्थान ओगटेको छ । बेलायतमै विद्यार्थीहरुको रोजाई सरकारी स्कुल कलेज नै हुन्छ । भारतकै एम्स अस्पतालमा ३ महिना अगाडि अपोइन्टमेन्ट लिनु पर्छ । त्यो पनि सरकारी नै त हो । यसकारण सरकारी संस्थालाई पनि गुणस्तरीय बनाउन मिल्छ ।
सुरेशराज शर्मा एक्लैले काठमाडौं विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको बनाइदिए । शर्मा भन्दा क्षमतावान भनिएका डा. बाबुराम भट्टराईले केयुलाई ध्वस्त पार्न आफ्नो जेठी सासू हुलिदिए ।
– राजा महेन्द्रले बनाइदिएको नेपाल प्रज्ञा प्रतिष्ठान भन्ने छ नेताहरुले कार्यकर्ता भर्ती गर्ने केन्द्र । त्यसमा भर्ती गर्न पनि एउटा सानो कमिटी हुने गर्छ । त्यो कमिटीको एउटा सदस्यले मलाई एक पटक रोचक कुरा भन्यो । उसका अनुसार एक दिन शेरबहादुर देउवाले कफिका लागि बोलाउनु भएको छ भनेर उनी गएछन् । शेरबहादुर प्रधानमन्त्री रहेछन् । कफी खाएपछि हिँडने बेलामा प्रज्ञा प्रतिष्ठानमा नियुक्त हुने पदाधिकारीको सूची भएको एउटा चिरकटो गोजीमा प्रधानमन्त्रीले हालिदिएछन् । त्यसबाट थाहा भयो कि पदाधिकारी नियुक्त गर्ने कमिटीको काम त भरिया जस्तो मात्रै हुने रहेछ ।
– सरेशराज शर्माले बनाइदिएको केयुमा अहिले विदेशी विद्यार्थी पढ्न आउन छाडे भन्ने सुन्छु । अब पाँच वर्षमा केयु र पियू उस्तै हुन्छ ।
– पदका लागि तीन आधारमा पजनी हुन्छ भन्दै आएको छु । नाता, पैशा त हो नै । अर्को चाहिँ पदका लागि आफ्नै श्रीमती नै सुम्पिने पनि हुन्छ भन्ने मेरो अनुमान थियो । पछिल्लो पटक मैले शारदा शर्माको पुस्तक पढे । त्यहाँ नेताहरुले उहाँलाई कस्तो व्यवहार गरेको थिए भन्ने उदाहरणहरु छन् । त्यसपछि मेरा मित्र अच्युतकृष्ण खरेलको किताब पनि बजारमा आयो । उनले विमोचनमा बोलाएका थिए । तर समारोहको मञ्चमा रहेका मान्छेहरु थाहा पाएपछि मैले जान उचित ठानिनँ ।
त्यो किताब पढेँ । त्यहाँ त उहाँले नेपालको प्रहरी कति भ्रष्ट छ भन्ने अधिकांश प्रहरी अधिकृतहरुले आफ्नी श्रीमती राजकुमार धीरेन्द्रलाई सुम्पेर पदोन्नती लिँदा रहेछन् । त्यो पढेपछि त मैले अनुमान गर्दै आएको व्यभिचारी औजार पुष्टि नै भयो । नेपालीहरु कति धेरै तल्लो स्तरमा झरेका रहेछन् भन्ने थाहा भयो ।
– पद पाउने थिति अति बिग्रेको छ । कोमल ओलीहरु राजदण्ड ढल्काएर हिँड्ने, शहीदपत्नीहरु मागेर हिँड्को त देखिएकै छ ।