अन्ततः बेलायत सरकारले इयुबाट बाहिरिने प्रस्ताव सदर गर्यो
एजेन्सी । बेलायती क्याबिनेटले पाँच घण्टाको छलफलपछि युरोपेली संघ (इयु)बाट बाहिर निस्किने प्रस्ताव सदर गरेको छ । क्याबिनेटले युरोपेली संघसँग बेलायतको सम्बन्धबारे अर्को एक राजनीतिक घोषणापत्र पनि सदर गरेको छ । टेन डाउनिङ स्ट्रिटअगाडि प्रधानमन्त्री टेरिजा मेले हालको निर्णय देशको हितमा भएको दावी गरेकी छन् ।
रोजगारी सुरक्षित हुने, सुरक्षा र राष्ट्रिय एकताका लागि हालको कदम उपयुक्त हुने विश्वास प्रधानमन्त्री मेले लिएकी छन् ।
बेलायतले ब्रक्जिटको प्रस्ताव सदर गरेपछि युरोपेली संघका मुख्य मध्यस्थकर्ता माइकल बार्नियरले यो दुवै पक्षको हितमा हुने प्रतिक्रिया दिएका छन् । ब्रेक्जिटका लागि सन २०२० सम्मको अवधि आवश्यक पर्ने र त्यसो हुन नसके पुनः ब्याक अप प्लान लागू हुने उनले बताएका छन् । यसको अर्थ ‘एउटै कर क्षेत्र’का रुपमा दुई पक्ष रहने छन् । सीमानामा कुनै शुल्क एक अर्को पक्षका नागरिकहरुले तिर्नुै पर्दैन ।