News प्रदेश ३

प्रहरीलाई एक हजार घूस दिने व्यक्ति पक्राउ

प्रहरीलाई एक हजार घूस दिने व्यक्ति पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित बुद्धनगरचोकमा सवारीसाधन जाँच गर्ने क्रममा घूस दिने बा २ ख ८१२९ नम्बरको मिनिट्रक चालक जितबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

चालकले मिनिट्रको कागजपत्र नभएको भनी प्रहरीलाई नगद रु १ हजार रुपियाँ घूस दिएकाले निज तामाङलाई महानगरीय प्रहरी वृत बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

पक्राउ घूस

विशेष