News प्रदेश ७

त्रिपुरासुन्दरी मन्दिरमा मेला सुरु

त्रिपुरासुन्दरी मन्दिरमा मेला सुरु

बैतडी । सरकारले हालै घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी भगवती मन्दिरमा बिहीबारदेखि जात (जात्रा) सुरु भएको छ । 

 

 

दशरथचन्द नगरपालिका–८ स्थित उक्त मन्दिरमा बिहीबार र शुक्रबार दुई दिनसम्म जात्रा लाग्नेछ । उक्त भगबतीको दर्शन गरेमा मनोकामना पूरा हुने, दुष्टको मानमर्दन हुने र भक्तजनको कल्याण हुने विश्वास गरिन्छ । 

 

 

जात्रालाई व्यवस्थित र मार्यादित बनाउन जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको त्रिपुरा सुन्दरी मेला व्यवस्थापन समितिका अध्यक्ष गणेशसिंह थापाले बताए ।

 

 

कात्तिक जातको रूपमा मानिने उक्त जात्रा हरेक वर्ष सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाट समेत हजारौंको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेको उनको भनार्इ थियो । 

 

 

परम्परादेखि लाग्दै आएको यस मेलाको छुटृै महत्व छ । शक्तिशाली भगवतीलाई असार महीनामा अषढी जात, साउन अथवा भदौमा रक्षावन्धनका दिन वोगाल जात, कात्तिक शुक्ल नवमीका दिन कात्तिक जात मनाइन्छ ।

 

 

असोज र चैत्रको नवरात्रिमा परेवादेखि दशमीसम्म नियमित पूजा हुन्छ । कात्तिकको जातका अवसरमा राँगा र बोकाको बलि दिइन्छ । 

बैतडी त्रिपुरासुन्दरी मन्दिर मेला

विशेष