News प्रदेश १

सरकारी कामकाजमा लिम्बु भाषा

सरकारी कामकाजमा लिम्बु भाषा

इलाम । माङसेबुङ गाउँपालिकामा लिम्बु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा प्रयोग गरिने भएको छ । 

 

मुलुककै पहिलोपटक उक्त गाउँपालिकाको एउटा वडामा लिम्बु भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न लागिएको हो । 

 

संविधानले स्थानीय भाषालाईसमेत कामकाजी भाषाका रुपमा प्रयोग गर्न पाउने अधिकार स्थानीय सरकारलाई दिएकाले यस्तो निर्णय गरिएको छ ।

 

लिम्बु बाहुल्य माङसेबुङ ५ मा वडा समिति आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र संघसंस्थाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कान्तिपुर दैनिकमा खबर छ । 

लिम्बु भाषा माङसेबुङ गाउँपालिका

विशेष