ट्रान्सफर्मर पड्किदा घर जल्यो
काठमाडौं । काठमाडौंको ठूलोभर्याङमा विद्युत्त ट्रान्सफर्मर पड्किएर आगलागी भएको छ ।
ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।
तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरी जानकारी दिएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।
आगलागी ट्रान्सफर्मर पड्कियाे ठूलोभर्याङ