विश्वकै अग्लो मन्दिर बनाउन ३३ लाख संकलन

कुश्मा । पर्वत सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर परिसरमा विश्वकै अग्लो शिव–पार्वती मूर्ति बनाउन ३३ लाख रुपैयाँ संकलन भएको छ ।
मूर्ति, गुप्तेश्वर आश्रम र सिसमहल बनाउका लागि विसं २०७६ जेठ १ देखि ११ गतेसम्म आयोजना गरिने विराट गुप्तेश्वर धार्मिक मेला, तुलादान तथा कोटीहोम महायज्ञ आयोजना गरिने भएको मेला आयोजक समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले बताए ।
शिव पार्वतीको मूर्ति बनाउन एक लाख रुपैयाँ दिने १५१ जनालाई आयोजक बनाउने आयोजक समितिका संयोजक डा. चुडामणि शर्माले बताए ।
पर्वत अग्लो मन्दिर कुश्मा