News राजनीति

राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदलले आज शुुक्रबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेका छन् । 

 

 

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रम र नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीचको आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा विचारविमर्श भएको थियो । भेटमा राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

विद्यादेवी भण्डारी

विशेष