News

बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस

बहुमतको दुरुपयोग, योग्यता नै नपुगेकी अन्जान इजरायलको राजदूतमा सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुईतिहाइ बहुमतको दुरुपयोग गर्दै योग्यता नै नपुगेकी अन्जान शाक्यलाई इजरायलको राजदूतमा सिफारिस गरेका छन् । 

 

हाल राजदूतको रुपमा कार्यरत निरञ्जन थापालाई फिर्ता बोलाएर आफ्ना नातेदार शाक्यलाई राजदूतमा नियुक्त गरी ओलीले प्रधानमन्त्री पदकै दुरुपयोग गरेका हुन् । 

 

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई राजदूतका सिफारिस गरेको जानकारी बिहीबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरेका हुन् । नेपाल समाचारपत्रमा खबर छ । 

प्रधानमन्त्री केपी शर्मा ओली अन्जान शाक्य

विशेष