News राजनीति

सांसदलाई मनपरी उपचार खर्च, सबैभन्दा बढी खर्च लिने को ? 

सांसदलाई मनपरी उपचार खर्च, सबैभन्दा बढी खर्च लिने को ? 

काठमाडौं । संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । 

 

 

प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । 

 

फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् ।

 

सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ ।

 

 

सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन् ।

 

 

सांसद् अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवायलयबाट उपचार खर्च लिएकी छिन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

उपचार खर्च संघीय संसद

विशेष