पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कार्कीको निधन

पाल्पा । हृदयघातका कारण पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष कमलकृष्ण कार्कीको निधन भएको छ । उनको बिहीबार बेलुकी निधन भएको हो ।
आफ्नै निवास तानसेनको ध्रवघाटमा रहेका बेला ४६ वर्षीय कार्कीलाई हृदयघात भएको परिवारले बताएको छ ।
होटल व्यवसायीसमेत रहेको कार्की गएको जेठ महिनामा मात्रै उपाध्यक्षमा निर्वाचित भएका थिए । उनको श्रीमती एक छोरा र एक छोरी छन् ।
पाल्पा पाल्पा उद्योग वाणिज्य संघ कमलकृष्ण कार्की