News

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

लमजुङ । बेसीसहर नगरपालिका–१ उदिपुरस्थित उदिपुरखोलामा स्कुल बसको ठक्करले पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार बा ३ ख ७३९४ नम्बरको गोल्डेन फ्युचर बोर्डिङ स्कुलको बसको ठक्करबाट बेसीसहर नगरपालिक– ४ पुरानोकोटका ५३ वर्षीय टंकबहादुर गुरुङको मृत्यु भएको हो ।

 

गुरुङको टाउकोलगायत शरीरको अन्य भागमा चोट लागेको थियो । गैरीबाट विद्यार्थी ल्याएर उदिपुरमा फर्काउने क्रममा ब्याक गर्दा सो बसले बाटोमा हिड्दै गरेका गुरुङलाई ठक्कर दिएको थियो ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले बसका चालक सुन्दरबजार नगरपालिका घर भएका रोहित कार्की र बसलाई नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखेको छ ।

लमजुङ स्कुल बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

विशेष