जोखिम न्यूनीकरण परियोजनाको लागि चार करोड अनुदान

काठमाडौं । जापान सरकारले चितवनमा सञ्चालित विपद् जोखिम न्यूनीकरण परियोजनाको सुदृढीकरणका लागि चार करोड ३९ लाख अनुदान प्रदान गर्ने भएको छ ।
जापानको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सप्लानीरमार्फत प्राप्त हुने अनुदानबाट ग्रामीण पुनर्निर्माण नेपाल नामक गैरसहकारी संस्थाले उक्त परियोजनालाई कार्यान्वयन गर्नेछ ।
यहाँस्थित जापानी राजदूतावासमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र सप्लानीरका नेपाल प्रतिनिधि हिरोमी कात्सुइले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।
पहिरोको जोखिम रहेको लोथर र बाढीको खतरा रहेको मादी नगरपालिका क्षेत्रमा सघनरूपमा परियोजना कार्यान्वयन गरिने बताइएको छ । रासस
जापान सरकार जोखिम न्यूनीकरण परियोजना अनुदान दिने