मोदी माल्दिभ्स भ्रमणमा

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्स भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । माल्दिभ्समा नव निर्वाचित राष्ट्रपतिको पदभार ग्रहण समारोहमा सहभागी हुन मोदी शनिबार दिउँसो माल्दिभ्स गएका हुन् ।
माल्दिभ्समा हालै भएको निर्वाचनबाट इब्राहिम मोहमद सोलिह राष्ट्रपतिमा निर्वाचित भएका छन् । पदभार ग्रहण समारोह राजधानी मालेमा आयोजना गरिएको छ । प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो माल्दिभ्स भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति सोलिहसहित विभिन्न उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ ।