विवाह पञ्चमीमा मुख्यमन्त्री योगी आदित्यनाथ जन्ति बनेर जनकपुर आउँदै
जनकपुर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ति बनेर जनकपुर आउने भएका छन् ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सो कुरा बताए । मंसिर २६ गते विवाहपञ्चमीमा आउने टुंगो लागेको छ ।
सो विवाहपञ्चमीमा नेपाल भारतका हजारौ सर्वसाधारण सहभागी हुुुने गर्दछन् । भारतका उच्च पदस्थ अधिकारी आउने भएपछि सो कार्यक्रमका लागि प्रदेश सरकारले ५० लाख रुपैया विनियोजन गरेको मुख्य मन्त्री लालबहादुर राउतले बताएका छन् । यसै क्रममा भारतिय राजदुत पनि जनकपुर आएका छन् ।
सो कार्यक्रममा भारतिय रेलमन्त्री सुरेन्द्र प्रभु र उत्तर प्रदेशका मुख्य मन्त्री गोगिले भारतिय लगानिमा निर्माण गरिने जनकपुर जयनगरको रेलको पनि उद्घाटन गरिने रेलवे खण्डको उद्घाटन गर्ने कार्यक्रम छ । कान्तिपुर दैनिकबाट
योगी आदित्यनाथ