पाँच सय २५ जनालाई पुनः श्रम स्वीकृति प्रदान
काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचलले आज शानिबारसमेत पुनः श्रम स्वीकृति जारी गरेको छ ।
बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालयमा आएका ५२५ जनालाई श्रम स्वीकृति प्रदान गरेको कार्यालय प्रमुख युवराज खतिवडाले जानकारी दिए ।
चाडपर्व सकिएसँगै वैदेशिक रोजगारीका क्रममा विदेशिने युवाको चाप बढेकाले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति जारी गरिएको उनले बताए ।
नेपाल सरकारले रोजगारीका लागि खुला गरेको १७२ देशमा कामका लागि जाने नेपालीलाई उक्त कार्यालयले व्यक्तिगत र संस्थागत श्रम स्वीकृति जारी गर्दै आएको छ ।
हाल दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ ।