विद्युतमा भारतीय निर्भरता तीन गुणाले बढ्यो
काठमाडौं । सरकारले विद्युत उत्पादनका लागि सयौं अनुमतिपत्र जारि गरेको भएपनि एक दशकमा भारत माथिको निर्भरता तीन गुणाले बढेको छ ।
सन् २००९ मा भारतबाट ३ सय ५६ गिगावाट आवर आयात गरिएको थियो । सन् २०१८ मा २ हजार ५ सय ८१ गिगावाट आवर विद्युत आयात हुने नेपाल विद्युत प्रधिकरणले प्रक्षेपण गरेको छ ।
अघिल्लो वर्ष ६ हजार २ सय ५८ गिगावाट आवर विद्युत खपत भएको थियो । त्यसमध्ये २ हजार १ सय ७५ गिगावाट आवर भारतबाट आयात गरिएको थियो । यो वर्ष ७ हजार ५८ गिगावाट आवर पुग्ने प्राधिकरणको आकलन छ । कान्तिपुर दैनिकबाट