भारतिय प्रधानमन्त्री मोदी माल्दिभ्सका राष्ट्रपतिको शपथ समारोहमा सहभागी हुँदै
एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद सोलिहको शनिवार हुने शपथ ग्रहण समारोहमा भाग लिने भएका छन्। प्रधानमन्त्रीको रूपमा मोदीको माल्दिभ्समा पहिलो भ्रमण हो ।
मोदीले ट्विटमा भनेका छन् – “नयाँ माल्दिभ्स सरकार विकास प्राथमिकता विशेष गरि स्वास्थ्य, मानव संसाधन विकास साकार गराउन भारत सरकार संगै रहने छ ।”
उनिले माल्दिभ्समा भएको चुनाव लोकतान्त्रिक, कानूनको शासन एवं समृद्ध भविष्यको लागी जनताको सामूहिक आकांक्षाको पुरा गर्ने बताएका छन् । उनले स्थिर, लोकतान्त्रिक, समृद्ध र शान्तिपूर्ण माल्दिभ्सक गणतन्त्र देख्न चाहेको बताए ।
राष्ट्रपति मोहम्मद सोलिह प्रधानमन्त्री नरेन्द्र मोदी