News राजनीति

प्रधानमन्त्रीलाई अझैं १५ दिन बालुवाटार बाहिर निस्कन बन्देज

प्रधानमन्त्रीलाई अझैं १५ दिन बालुवाटार बाहिर निस्कन बन्देज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दसैँ-तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए।

 

प्रधानमन्त्रीको सचिवालयको दैनिक कार्यतालिकामा उल्लेख भएको र आयोजकलाई पनि सहभागी हुने खबर दिइएकाले प्रधानमन्त्री निवासबाटै खटिएको सुरक्षा टिम कार्यक्रमस्थल सोल्टी होटेलमा उद्घाटनको केही समयअघिसम्म ‘अर्लट’ थियो।

 

 

तर, निजी चिकित्सकले अझै कम्तीमा १५ दिन भिडभाडबाट टाढै रहन सुझाब दिएपछि एक महिनापछि सार्वजनिक कार्यक्रममा सहभागी हुने तयारीमा रहेका प्रधानमन्त्री ओली अन्तिमतिर सरकारीनिवास बालुवाटारमै रोकिए।

 


स्वास्थ्य अवस्था भने सामान्य
सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि प्रधानमन्त्रीको स्वास्थ्य स्थिति भने सामान्य भइसकेको छ । तर, अझै केही दिन सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूको भनार्इ छ। शुरोजंग पाण्डे आजको नयाँ पत्रिकामा यो खबर लेखेका छन्।

 

 

‘डिस्चार्जपछि हामीले प्रधानमन्त्रीज्यूलाई एक महिनाजति धेरै भिडभाडबाट टाढै रहन, चिसोबाट बच्न सुझाब दिएका छौँ,’ निजी चिकित्सक डा. दिलीप शर्माले भने, ‘हाम्रो सुझाबलाई मनन गरेरै प्रधानमन्त्रीज्यू भिडभाड हुने सार्वजनिक कार्यक्रममा सहभागी नहुनुभएको हुन सक्छ ।’

 

निवासबाटै सरकारी काम
चिकित्सकको सुझाबका कारण भिडभाडबाट जोगिँदै आएका प्रधानमन्त्री ओलीले सरकारी सबै काम निवासबाटै सञ्चालन गरिरहेका छन् । यसबीच बालुवाटारमै दुईपटक मन्त्रिपरिषद् बैठक बसेको छ।

 

 

छातीमा संक्रमण र श्वासप्रश्वास समस्याले पाँच दिन त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको मनमोहन कार्डियोलोजीमा उपचारपछि १६ कात्तिकमा डिसचार्ज भएका थिए । त्यसयता उनी सरकारीनिवासमै आराम गरिरहेका छन् । नयाँ पत्रिकाबाट

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष