News अर्थ

उद्योगीको हकहितमा काम गर्छुः अध्यक्ष राणा

उद्योगीको हकहितमा काम गर्छुः अध्यक्ष राणा

भोजपुर । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रको विकासमा आफू लागिपरेको बताएकी छन् ।

 

 

भोजपुर उद्योग वाणिज्य संघको १०औं वार्षिक साधारणसभालाई सम्बोधन उनले देश विकास लागि उद्योग वाणिज्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको र सम्पूर्ण उद्योग व्यवसायीको हकहितका लागि आफूले पनि काम गरिरहेको बताए ।

 

 

कृषिलाई अगाडि बढाउन सके समाजको विकास भएकाले कृषकलाई सहुलियत दरमा ऋण दिलाउन महासंघको लागि परेको उनले जोड दिए । 

 


प्रतिनिधिसभा सदस्य सुदन किराँतीले सबैको साथ र सहयोगबाट जिल्लाको विकास सम्भव भएकाले सबैको सहकार्य हुनुपर्ने बताए ।

 

 
कार्यक्रममा जिल्लामा रहेका उत्कृष्ट उद्योगी, व्यवसायीका साथै वाणिज्य सङ्घको भवन निर्माणका लागि ५० हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने विभिन्न व्यक्ति तथा महासंघका प्रतिनिधिलाई सम्मान गरिएको थियो । 

उद्योग वाणिज्य महासंघ भवानी राणा

विशेष