आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

नाइजेरिया । नाइजेरियामा हिटरबाट आगलागीमा परी शुक्रबार बिहान आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ । आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिए । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताएका छन् ।
नाइजेरिया हिटरबाट आगलागी पाँच जनाको मृत्यु