ललितपुरका सडकमा सिसीटिभी जडान गर्ने तयारी

काठमाडौं । ललितपुर महानगरपालिकाले सहरका मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगर भित्रको मुख्य–मुख्य सडकमा सिसीटिभी क्यामेरा जडान गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।
१३ औं महानगरीय प्रहरी दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महर्जनले भने, अपराध नियन्त्रणका लागि प्रहरीलाई सघाउ पु¥याउन महानगरपालिकाले सिसीटिभी क्यामेरा सडकमा जडान गर्ने कामलाई उच्च प्राथमिकता दिएको बताए । मेयर महर्जनले सिसीटिभी क्यामेरा सडकमा जडान गर्नका लागि स्थानीय जनता र नेपाल प्रहरीसँग आवश्यक सहकार्य भईरहेको बताए ।
मेयर महर्जनले ट्राफिक लाईट व्यवस्थापनको काममा पनि आफूले उत्तिकै महत्व दिएको पनि स्मरण गराए । राम्रो ठेकदार कम्पनीको अभावमा ट्राफिक लाईट व्यवस्थापनको कामले गति लिन नसकेको उहाँको भनाई थियो ।
ललितपुर महानगरपालिका सिसीटिभी क्यामेरा जडान मेयर चिरिबाबु महर्जन