नेपाल हस्तकला महासंघको १४औँ मेला सम्पन्न (फोटोफिचर)

काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा भइरहेको नेपाल हस्तकला महासंघको १४औँ हस्तकला मेला आइतबार सफलतापूर्वक सम्पन्न भएको छ । उक्त मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहनाहरु प्रदर्शनीकालागि राखिएकाे थियाे ।
सुती एवं ढाकाका पोसाक, पस्मीना, हाते कागजका सामाग्री, छालाजुत्ता तथा छालाको प्रयोग गरी बनाएका सामान, बाँसका सामानहरु प्रदर्शनमा तथा बिक्री गर्न राखिएका थिए । कुल १७२ स्टल रहेको उक्त मेला बिहीबारबाट सुरु भई आज समापन भएको छ ।