News

निदाएकाे बेला श्रीमती र छोराको हत्या

निदाएकाे बेला श्रीमती र छोराको हत्या

रुकुम । रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी राति सँगै सुतेको बेला आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । 

 

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक र धारिलो खुकुरी प्रहार गरी श्रीमती र कान्छा छोराको हत्या गरेका छन् । बुढाले ४१ वर्षीया श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले र ११ वर्षीय कान्छा छोरा प्रकाशलाई कुखुरी प्रहार गरी हत्या गरेका हुन् । 

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुमित खड्काले श्रीमती र छोरालाई हत्या गर्ने बुढालाई प्रहरी नियन्त्रणमा लिएको बताए । उनले, अत्याधिक रक्सी सेवन गरेका बुढा आफैँले पनि आफ्नो घाँटि रेटेर आत्महत्या प्रयास गरेको बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लैजान लागिएको छ । 

 

घरको अर्को कोठामा सुतेका जेठा छोरा डिल्ली बुढाले बिहान करिब ४ बजे मात्र घटना थाहा पाएका थिए । सत्यबहादुरले आफैँले आफ्नो घाँटि रेट्ने प्रयास गरेको र घाँटीबाट रगत बगिरहेको वडा नं १ का अध्यक्ष मोहन किशोर ओलीले बताए । 

रुकुम पश्चिम भरुवा बन्दुक र खुकुरी श्रीमती र छोराको हत्या

विशेष