नेपाली भुमिमा भारत धमाधम बाटो बनाउँदै

दार्चुला । भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको ।
त्यहाँको घटियाबगर-लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।
भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने । नयाँ पत्रिकाबाट
दार्चुला नेपाली भुमि