News

नेपाल पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण पदक

नेपाल पुलिसका मन्डेकाजी र चन्चलालाई स्वर्ण पदक

बागलुङ । विभागीय क्लब नेपाल पुलिसका मन्डेकाजी श्रेष्ठ र चञ्चला दुनुवारले बागलुङमा जारी प्रथम गाउँपालिका अध्यक्ष राष्ट्रिय कराते कपमा स्वर्ण पदक जितेका छन् । श्रेष्ठले व्यक्तिगत कातामा प्रदेश ५ का दीपराज थापालाई पराजित गर्दै स्वर्ण जिते ।

 

पुरुष टिम कातामा पनि श्रेष्ठले महशुस तामाङ र विनोद गुरुङसँग मिलेर स्वर्ण जितेका थिए । महिला व्यक्तिगत कातामा नेपाल पुलिसकी चञ्चला दनुवारले एपिएफकी सरिता श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जितेकी छन् । ७ प्रदेश र ३ विभागिय टिम गरि १० टिमको सहभागिता रहेको प्रतियोगिताको कुमुते महिला ४५ केजी तौलमा एपिएफकी जिया कार्कीले स्वर्ण जितेकी छन् ।

 

पुलिसकी बुद्धलक्ष्मी तामाङलाई हराउँदै कार्कीले स्वर्ण जितेकी हुन् । पुरुषको ५० केजी तौलमा सोनाम लामाले स्वर्ण जिते । उनले प्रदेश १ का मोहन यादवलाई पराजित गरेका थिए । 

 

नेपाल पुलिस स्वर्ण पदक मन्डेकाजी श्रेष्ठ र चञ्चला दुनुवार

विशेष