ट्रक अनियन्त्रित भई पल्टिदा दुईजनाको मृत्यु

हेटौंडा । हेटौंडा वीरगञ्ज सडकखण्डको हेटौंडा उप-महानगरपालिका वडा नं ९ पशुपति नगरमा वीरगञ्जबाट आइरहेको ना६ख ७०१७ नं को ट्रक करीब ११ः३० बजे अनियन्त्रित भई पल्टिएर मोटरसाइकल र अटो रिक्सालाई थिच्दा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार ना१ह ८९५९ नं को अटो रिक्साका यात्रु हेटौँडा वडा नं ४ बस्ने ३५ वर्षीया गङ्गा चेम्जोङ र ना४६प को मोटरसाइकल चालक वडा नं ४ बस्ने ३० वर्षीय सुदीप घिमिरेको मृत्यु भएको हो ।
प्रहरीले ट्रकका चालक हेटौंडा वडा नं ७ का एकबहादुर भोलनलाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिएको छ ।
हेटौंडा