News प्रदेश ४

भारतद्वारा कास्कीमा तीन शैक्षिक संस्थाको निर्माण, मन्त्री अधिकारीले गरे उद्घाटन

भारतद्वारा कास्कीमा तीन शैक्षिक संस्थाको निर्माण, मन्त्री अधिकारीले गरे उद्घाटन

कास्की । जिल्लाको लेखनाथ नगरपालिकास्थित श्री सरस्वती टिका उच्च माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ । विद्यालयको भवन शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । 


विद्यालय उद्घाटन समारोहमा भारतीय दूतावासका मिशन उप९प्रमुख डा. अजय कुमार पनि उपस्थित थिए । डा. अजय कुमारले पनि श्री लक्ष्मी आदर्श महुमुखी क्याम्पस र श्री गुप्तेश्वर महादेव महुमुखी क्याम्पसको उद्घाटन गरे । 

 


टिका उच्च माध्यमिक विद्यालय ३७.१० मिलियन नेपाली रुपैँया बराबरको भारतीय  सहयोगमा निर्माण गरिएको होे । राष्ट्रिय परिक्षा बोर्डसँग आबद्ध उक्त विद्यालयले १०ं२ तहका विभिन्न कार्यक्रम प्रदान गर्दै आएको छ ।

कास्कीको प्रतिष्ठित उक्त विद्यालयले त्यहाँ अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सो विद्यालयमा अध्ययनरत झण्डैै एघार सय विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा छन् । 

 


यस्तै, ४८.४० मिलियन रुपैयाँमा भारतीय सहयोगमा लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको निर्माण भएको हो ।

 

 

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको उक्त क्याम्पसले शिक्षा संकायमा स्नातक तहसम्म चार वर्षे पूर्णकालिन कार्यक्रम एवं १०ं२ तहमा व्यवस्थापन, शिक्षा र मानविकी संकायमा पनि सेवा प्रदान गर्दछ ।

यस क्याम्पसमा ४ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८५ प्रतिशत छात्रा रहेका छन् । त्यस्तै, ४१.१० मिलियन रुपैयाँ बराबरको भारतीय सहयोगमा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको निर्माण भएको हो ।

 

 

यो त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेका एक गैरनाफामूलक प्राज्ञिक संस्था हो जसले बि.एड, बिबिएस र एमबिएस संकायमा सेवा प्रदान गर्दछ ।

सन् २०१८ को शैक्षिक सत्रदेखि यस क्याम्पसले बिएचएम र बिआईएम संकायमा पनि अध्यापन शुरु गरेको छ । यस क्याम्पसमा ४ सय १८ जना विद्यार्थी अध्ययनरत छन् जसमध्ये ८० प्रतिशत छात्रा रहेका छन् । 

नवनिर्मित संरचनाहरु (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि) ले विद्यार्थीका लागि अध्ययन गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ ।
 

कास्की लेखनाथ नगरपालिका मन्त्री रबिन्द्र अधिकारी शैक्षिक संस्था

विशेष