भेरी – बबई डाइभर्सन चैत्रसम्म निर्माण सम्पन्न हुने
भेरी – बबई डाइभर्सन बहुद्देश्यीय आयोजनामा सुरुङ (टनेल) निर्माण काम अन्तिम चरणमा पुगेको छ ।
कात्तिक मसान्तसम्म ९ हजार १ सय मिटर खनिसकिएको र आगामि चैत्रमा “ब्रेक – थ्रु” (निमाण सम्पन्न) हुने आयोजनाको भनाइ छ ।
आयोजनाका सुचना अधिकारी डिभिजनल इन्जिनियर कृष्ण उपाध्ययले चैत्रमा सुरुङ निस्किएपछि “फिनिसिङ्रु” गर्न केहि समय लाग्ने बताए । ‘हामिले अनुमान गरेको फल्ट (चुनौतिपूर्ण) क्षेत्र पनि पार भइसकेको छ ।’
उनले भने, अब ‘निर्धारित समयमै सुरुङ निस्किन्छ ।’ ६ किलोमिटर आसमपास क्षेत्रलाई फल्ट अनुमान गरिए पनि खासै गाह्रो नभएको उनले बताए । कान्तिपुर दैनिकबाट