News प्रदेश ६

सुर्खेतमा १३ जुवाडे पक्राउ

सुर्खेतमा १३ जुवाडे पक्राउ

सुर्खेत । जिल्लाको लेकबेसी नगरपालिका–४ दशरथपुरबाट जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।

 

 

जुवातास खेलिरहेको अवस्थामा बिहीबार नगदसहित १३ जना जुवाडे पक्राउ परेका हुन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

 

 

जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरुबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एकलाख ८० हजार नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।

 

 

उनका अनुसार लेकबेसी गाउँपालिका–३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेष वली, अनुभव बस्नेत, बिनोद शाही, अमर थापा, ललित सुनार, छवी पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की पक्राउ परेका छन् ।

 

 

पक्राउ परेका १३ जनामाथि आवश्यक कारबाहीका लागि प्रहरीको निगरानीमा राखिएको छ ।

सुर्खेत जुवाडे पक्राउ

विशेष