News

भारतीय सहयोगमा बने तीन शिक्षण संस्थाका भवन 

भारतीय सहयोगमा बने तीन शिक्षण संस्थाका भवन 

काठमाडौं । भारतीय सहयोगमा कास्कीको लेखनाथ नगरपालिकास्थित एक विद्यालय र दुई कलेजको नयाँ भवन निर्माण सम्पन्न भएको छ । 

 

लेखनाथस्थित सरस्वती टीका उच्चमाविको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एक समारोहबीच उद्घाटन गरेका छन् ।  

 

भारतकै सहयोगमा निर्माण भएको लक्ष्मी आदर्श बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको भारतीय दूतावासका मिसन उपप्रमुख डा. अजयकुमारले उद्घाटन गरेका थिए । 

 

सरस्वती टीका उच्च माविको नयाँ भवन ३ करोड ३७ लाख, लक्ष्मी बहुमुखी क्याम्पसको ४ करोड ८० लाख र गुप्तेश्वर महादेवको नयाँ भवन ४ करोड १० लाख रुपैयाँमा निर्माण भएको हो । 

सरस्वती टीकामा एक हजार १ सय विद्यार्थी अध्ययनरत छन् । त्यस्तै लक्ष्मी आदर्श क्याम्पसमा शिक्षा, व्यवस्थापन र मानविकी संकायका विभिन्न तहका कार्यक्रम सञ्चालन गर्दै आएको  ।

 

क्याम्पसमा ४ सय ५० विद्यार्थी छन् । त्यस्तै गरी गुप्तेश्वर महादेवमा पनि शिक्षा, व्यवस्थापनका विभिन्न तहका कार्यक्रम सञ्चालित छन् । क्याम्पसले यसै वर्षदेखि बिएचएम र बिआईएम कार्यक्रम पनि शुरु गर्दैछ । क्याम्पसमा ४ सय १८ विद्यार्थी छन् । 

 

नवनिर्मित संरचनाहरु (सभा हल, कम्प्युटर ल्याब, पुस्तकालय, आदि)ले विद्यार्थीका लागि अध्ययन    गर्ने वातावरणलाई थप उर्जाशील बनाउनुका साथै कास्की, स्याङजा, पर्वत, म्याग्दी र तनहुँ जिल्लाका थुप्रै विद्यार्थीका लागि शिक्षाको पहुँच पनि सुनिश्चित गर्नेछ ।
 

विशेष