सम्पादकीय

सम्पादकीय : राज्यलाई चुनौती दिने ओशो तपोवन, माफी माग्ने नेपालआज !

सम्पादकीय : राज्यलाई चुनौती दिने ओशो तपोवन, माफी माग्ने नेपालआज !

ओशो तपोवन नामक एउटा एनजिओ छ । यो एनजिओको मुख्य काम भारतीय विचारक ओशो रजनीशको ध्यान विधि र विचार प्रवाह गर्नु हो । ध्यान केन्द्र भएर पनि यस एनजिओलाई ओशोकै आधिकारिक संस्थाले भने ‘गैरकानुनी’ मान्दै आएको छ । ओशोको प्रतिलिपि अधिकार रहेका किताबहरु अनधिकृत रुपमा छाप्ने, बेच्ने गरेपछि भारतको पुनेमा रहेको ओशो फाउन्डेसनले ‘ओशो तपोवन’ बाट ‘ओशो’ शब्द नै हटाएर ध्यान केन्द्र चलाउन भन्यो । किताबहरुको अवैध कारोबार नगर्न भन्यो । त्यो फाउन्डेसनले त आनन्द अरुणले मानिसहरुलाई कुमार्गमा लगिरहेको पनि टिप्पणी गरेको छ । 

ध्यान केन्द्रका नाममा रिसोर्ट जस्तो सञ्चालन गर्नु, निकुञ्जको जमिनमा नियमविपरीत भौतिक संरचना तयार पार्नु, तपोवनका भवनहरु लाखौं रुपैयाँमा बिक्री गर्नु, कर नतिर्नु, एनजिओको नियम पनि पालना नगर्नु जस्ता काम तपोवनबाट भइरहे । तपोवनका संस्थापक आनन्द अरुणले ‘आफू पूर्वजन्ममा बिहारको राजा भएको’ भन्नु । भगवानको डर देखाएर मनोवैज्ञानिक पाखण्ड गर्नु, महिलाहरुको अपमान गर्नु, खुट्टा मसाज गर्न लगाउनु, धर्म सम्बन्धी कर्मकाण्डका कट्टर विरोधी ओशोकै मूर्ती स्थापना गरी पूजा गर्नु, पोखरामा त आफ्नै मूर्ती स्थापना गर्न लगाउनु, भिआइपीहरुलाई चाकडीको हद पार गर्दै आरती गरेर तपोवनमा स्वागत गर्नुले संस्था विवादमा परेको छ । 

निकुञ्जको जमिन १५ वर्षदेखि अवैध ढंगले उपयोग गरिरहनु, त्यसो गर्न रोक्न खोज्ने सरकारी कर्मचारीलाई अख्तियारको डर देखाएर अख्तियारबाट फोन गर्न लगाउनु, सतर्कता केन्द्रबाट फोन गर्न लगाएर आतंकित बनाउनु खोज्नु कुनै पनि असल संस्था र पदाधिकारीको विशेषता होइन ।   

यस्ता विषय नेपालआजले प्रकाशित गर्न थाल्यो । प्रकाशित भएका मध्ये केही समाचारका विषयमा तपोवनले आपत्ति जनायो । प्रेस काउन्सिलले पनि केही समाचारको हकमा सन्तुलन हुन नसकेको कुरा उल्लेख गर्यो । जसअनुसार सन्तुलन गर्ने विषयमा नेपाल आजले सहमति जनायो । यो विषय प्रेस काउन्सिलले होइन जो कोहीले पनि नेपालआजलाई प्रतिक्रिया दिँदा सन्तुलित हुने विषय हो । 

यहि विषयलाई ‘नेपालआजले माफी माग्यो’, ‘गल्ती स्वीकार गर्यो’ जस्ता अतिरञ्जनापूर्ण विषयहरु तपोवनले निरन्तर कुप्रचार गरिरह्यो । तपोवनका पदाधिकारीहरुले त नेपालआजलाई पुने आश्रमले पैसा दिएको पनि भन्न भ्याए । स्वामी देवसुन्दरसँग नेपालआजले गरेको अन्तर्वार्तालाई ‘नियोजित’ समेत भनियो । त्यसयता स्वामी आनन्द अरुण स्वयंमले धेरै मिडियामा अन्तर्वार्ता दिएका छन् । ती नियोजित होइनन् ? पुने आश्रमले नेपालआजलाई किनेको भन्ने जहाँसम्म कुरा छ, उसो भए ओशो तपोवनमा पुगेर अन्तर्वार्ता गर्ने अरु मिडियालाई पनि ओशो तपोवनले किनेको हो ? मिडियालाई खरिद बिक्री गर्ने कुरा त्यसैले निकाल्छ, जो यस्ता क्रियाकलापमा पहिलेदेखि संलग्न भएको हुन्छ । 

राज्यको कानुन, नेपाली संस्कारजन्य परम्पराको ठाडो अवहेलना गर्ने ओशो तपोवन अनि माफी नेपालआजले मागेको भन्ने प्रचार गर्नु दुःखलाग्दो विषय हो । स्वामी आनन्द अरुणले अन्धविश्वास र आडम्बरलाई बढावा दिएको एक से एक प्रमाण सार्वजनिक भएका छन् । अनि माफी चाहिँ नेपालआजले माग्ने ? यो त कहिले पनि सम्भव नै छैन । मानिसहरुलाई भ्रममा पार्ने, इमोस्नल बनाएर दान सहयोग लिने अनि त्यो सत्य उजागर गर्दा माफी नेपाल आजले माग्यो भन्दै रुवाबासी गर्नु सज्जनहरुले सुहाउँदैन । 
र याे पनि, 

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

विशेष