News

एक नेपाली बृद्धा बेहोस् अवस्थामा फेला

एक नेपाली बृद्धा बेहोस् अवस्थामा फेला

नेपालगञ्ज । नेपालगञ्जको सीमावर्ती शहर भारतको दिल्लीबाट रुपैडिहा आउने रोडवेज बस स्टेशनमा एकजना नेपाली बेहोस् अवस्थामा फेला परेका छन् ।

 

अन्दाजी ५० वर्षका नेपाली बेहोस् अवस्थामा फेला परेपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएको छ ।

 

बिहान सवा १० बजे जमुनाहा प्रहरीले भेरीमा ल्याएपछि उनलाई सलाइन पानी चढाएर राखिएको छ । अस्पतालमा रहेका उनी अझै बेहोस् अवस्थामै छन् । उनको नाम र ठेगाना खुलेको छैन । साथमा रहेको एउटा कागजमा उनको नाम पुरनबहादुर लेखिएको छ ।

 

बसभित्रै बेहोस् रहेका नेपालीलाई लुटेराले नसालु पदार्थ खुवाएर या सुँघाएर लुटपाट गरेको आशंका गरिएको छ । उनको मुखबाट रगत आएको छ ।

 

लुटेराले नसालु पदार्थ खुवाए या सुँघाएपछि पूर्णरुपमा बेहोस् नहुँदै लुटपाट गरेको र त्यसबेला उनले प्रतिकार गर्दा कुटिएको आशंका गरिएको प्रह्रीले जनाएको छ । नाकामा यसअघि आएका यस्ता घटनाक्रमले त्यस्तो देखाउने गरेको छ ।

 

भेरी अञ्चल अस्पतालको आपतकालिन कक्षको ७ नम्बर बेडमा रहेका उनको नाम, ठेगाना र के भएको भन्ने बास्तविकता आइसकेको छैन ।

 

नेपालगञ्ज सीमावर्ती शहर दिल्लीबाट रुपैडिहा नेपाली बेहोस्

विशेष