News

घुससहित हवल्दार पक्राउ

घुससहित हवल्दार पक्राउ

बारा । नेपाल प्रहरीका हवल्दार सुदामा हजारा १ लाख घुससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत हजारालाई सेवाग्राहीसँग १ लाख रूपैयाँ घुस लिइरहेका बेला कात्तिक ३० गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेको हो ।

 

हजाराले नेपालमा उत्पादित पानमसलाजन्य सामान विभिन्न ठाउँमा पुर्‍याउन सहज बनाइदिने भन्दै घुस लिएका थिए। पक्राउ परेका हजारामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

घुससहित पक्राउ नेपाल प्रहरीका हवल्दार

विशेष