News

रकम दुरुपयोग नहुन आर्थिक कार्यविधि ऐन ल्याइने : अर्थमन्त्री खतिवडा

रकम दुरुपयोग नहुन आर्थिक कार्यविधि ऐन ल्याइने : अर्थमन्त्री खतिवडा

काठमाडौं । सरकारले आर्थिक कार्यविधि ऐन ल्याउन लागेको छ । विभिन्न दातृ निकाय र करबाट जम्मा गरिएको रकमलाई दुरुपयोग हुन नदिने उद्येश्यले आर्थिक कार्यविधि ऐन ल्याउन लागेको हो ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्टि कार्यक्रममा बोल्दै आर्थिक कार्यविधि ऐन ल्याउन लागको बताए ।

 

‘हामीले वित्तीय जवाफदेहिता सुनिश्चित बनाउने उद्येश्यले आर्थिक कार्यविधि ऐन ल्याउन लागेका छौं’ उनले भने, ‘ऐन कार्यान्वयनमा आइसकेपछि विभिन्न दातृ निकाय तथा करबाट जम्मा गरिएको रकम दुरुपयोग हुनेमा हामी आशावादी छौं, ।’

 

त्यस्तै मन्त्री खतिवडाले आर्थिक कारोबारलाई पारदर्शी बनाउन सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने काममा सरकार लागि परेको समेत बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडा

विशेष