विदेश प्रवास

नेपाली कामदारको माग बढाउँदै कोरिया

नेपाली कामदारको माग बढाउँदै कोरिया

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत माग गर्ने नेपाली युवाको संख्या गत बर्षभन्दा बढाउने भएको छ । 

 

कोरियाका रोजगारदाताले नेपाली कामदार ईमान्दार, मेहेनेती र अवैधानिक बस्नेको संख्या कम रहेको जनाउँदै माग बढाउँदै लगेको हो । 

 

कोरिया इपीएस मार्फत नेपाली कामदारको माग बढाउन थप ४ हजार युवाको नाम कोरिया पठाएको छ ।कोरिया सरकारले आगामी बर्ष थप नेपाली युवाको माग गर्ने जनाउँदै आएको छ । 

 

सन् २०१७ मा रोजगार आवेदन दिएका कामदारको संख्या घट्दै गएपछि सन् २०१८ मा रोजगार आवेदन दिएका ८ हजार मध्ये लगभग ४ हजार युवाको नाम रोष्टर रोजगार योग्य सुचीमा राख्न कोरिया पठाएको हो । कारोवार दैनिकबाट

नेपाली कामदार रोजगार अनुमति प्रणाली

विशेष