चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना
काठमाडौं । सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागू गरेको थियो ।
तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो । कारोबार दैनिकबाट
राजेश शाक्य चिनीमा कालोबजारी