News

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

काठमाडौं । नहर निर्माण कार्य समयमा गर्न नसकेको कारण ठेक्का तोडेको सिक्टा सिँचाई आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

 

कालोसूचीमा राख्ने निर्णय गरेको सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय पिपिएमओमा सिफरिस गरेको छ । 

 

 

आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का ताडेको थियो ।

 

पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । 

 

सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसुचीको निर्णयले कुनै असर गर्ने छैन। नागरिक दैनिकबाट 

कालोसूची पप्पु कन्स्ट्रक्सन कम्पनी

विशेष