घुस खाने सैनिकलाई ३ महिना कैद
तुलसीपुर । १९ नं बाहिनी अड्डा तुलसीपुरले भर्ना अभियानमा आर्थिक अनियमिता गर्ने जमदार सहित ३ जना सेनालाई तीन महिनाको कैद फेसला सुनाएको छ ।
बाहिनी अड्डाका बाहिनीपति तथा साहयक रथी विज्ञानदेव पाण्डेको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालले बर्दीयाको सानोश्री गाविस ८ घर भई ज्वालदल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भई सोही गणमा कार्यरत हवलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गर्दै यस्तो फेसाला गरेको हो ।
आर्थिक अनियमिततामा गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३÷३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला गरेको नेपाली सेनाका प्रवक्ता साहयक रथी गोकुल भण्डारीले जानकारी दिए ।
प्रवक्ता भण्डारीका अनुसार सैनिक हित विपरित कार्य गर्नेलाई सैनिक ऐन २०६३को दफा ५२ को खण्ड (६) बमोजिम कारबाही गर्न सक्ने व्यवस्था छ ।
नेपाली सेनामा भर्ना गराईदिने भन्दै जमदार डाँगीले डेढलाख रुपैयाँ लिएको, हलवदार रानाले आफनो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेका थिए । राजधानी दैनिकबाट