News मुख्य समाचार

राष्ट्रिय परिचयपत्र वितरण, परिचयपत्र पाउने पहिलो व्यक्ति बनिन्  १०१ वर्षीया भगवतीदेवी 

राष्ट्रिय परिचयपत्र वितरण, परिचयपत्र पाउने पहिलो व्यक्ति बनिन्  १०१ वर्षीया भगवतीदेवी 

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र वितरण शुरु गरेको छ । पाँचथरको शहीद मञ्चमा आयोजित बिशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई सबैभन्दा पहिले राष्ट्रिय परिचयपत्र प्रदान गरेर परिचयपत्र वितरणको सुरु गरेका छन् । 

 

राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन पनि भण्डारीबाटै थालिएको थियो । सोमबार नै गृहमन्त्री थापाले पनि राष्ट्रिय परिचयपत्र लिए।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले नेपालमा डिजिटलाईजेसनका लागि आजको दिन एेतिहासिक दिन हुने विश्वास लिएको बताए । 

आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले पाँचथरबाट यसको शुभारम्भ गरेको हो  । 


यस्तै तीन वर्षभित्र सबै जिल्लामा यसको वितरण सुरु गरिसक्ने लक्ष्य लिएको गृहमन्त्राालयले जनाएको छ ।

विशेष